२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०९:२८

मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताएका छन् ।

उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

४८ घण्टाभन्दा बढी समयसम्म चलेको अपरेशनको क्रममा भग्नावशेष हटाउन भारी मेसिनरी र आधुनिक उपकरणहरू प्रयोग गरिएको थियो ।

स्थानीय अधिकारीहरूकाअनुसार भवन संरचना ३० वर्ष पुरानो थियो । घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०९:२८
हजुरको प्रतिक्रिया