२०८३ साउन २१ गते बिहीबार

भोटेओडार बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भोटेओडार बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ असार २३ गते सोमबार ०७:२८

वडाध्यक्ष विजेन्द्र थापाका अनुसार, घोषणाका लागि आवश्यक पर्ने ५१ वटा बालमैत्री र ३४ वटा पोषणमैत्री सूचकहरू पूरा गरिएको छ ।

लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडारलाई आज औपचारिक रूपमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।

नगर प्रमुख कृष्णप्रसाद कोइरालाको घोषणासँगै, भोटेओडार वडा गण्डकी प्रदेशकै दोस्रो बालमैत्री र पोषणमैत्री दुईवटै सूचक पुरा गरेको वडा बनेको हो ।

कार्यक्रममा नगरप्रमुख कोइरालाले बालबालिका र आमाहरूको अधिकार संरक्षण, पोषण, शिक्षा तथा स्वास्थ्यका विषयमा सरोकारवालाबीच गहिरो सहकार्य आवश्यक रहेको बताए ।

वडाध्यक्ष विजेन्द्र थापाका अनुसार, घोषणाका लागि आवश्यक पर्ने ५१ वटा बालमैत्री र ३४ वटा पोषणमैत्री सूचकहरू पूरा गरिएको छ । बालमैत्री कक्षाकोठा, पोषणयुक्त दिवा खाजा, छात्रवृत्ति वितरण र विद्यालयमा पोषण बगैंचाजस्ता कार्यक्रमले वडामा सकारात्मक प्रभाव पारेको बताइएको छ ।

स्वास्थ्य चौकीमार्फत मातृ–शिशु सेवा, किशोरी लक्षित महिनावारी शिक्षा, पोषण मूल्याङ्कन र स्वच्छता कार्यक्रमहरूले पोषणमैत्री लक्ष्यमा टेवा पुर्याएको वडाको भनाइ छ ।

घोषणापूर्व अकला मन्दिरबाट बाजागाजा र झाँकी सहित र्याली निकालिएको थियो, जसमा जनप्रतिनिधि, कर्मचारी, बाल क्लब, शिक्षक, आमा समूह, स्थानीयबासीको उल्लेख्य उपस्थिति थियो ।ग्रामीण सामुदायिक विकास केन्द्र र वल्र्ड भिजन नेपालको प्राविधिक तथा समन्वयात्मक सहयोगमा सम्पन्न घोषणापछि, सहभागी सबै सरोकारवालाहरूले बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनमा निरन्तर लागिरहने प्रतिवद्धता जनाउँदै संयुक्त हस्ताक्षरसमेत गरे ।

प्रकाशित मिति २०८२ असार २३ गते सोमबार ०७:२८
हजुरको प्रतिक्रिया