२०८३ साउन २१ गते बिहीबार

मनसुनकाे जाेखिम : कास्कीका गाउँमा राती सवारी चलाउन नपाइने

मनसुनकाे जाेखिम : कास्कीका गाउँमा राती सवारी चलाउन नपाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०१:४५

प्रशासनले जारी गरेको सूचना अनुसार, पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडकहरू (विरेठाँटी-घान्द्रुक, विरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ।

विपदकाे जाेखिमले समय तालिका लागू

पाेखरा ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका केही ग्रामीण तथा पर्यटकीय सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ।
मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले यही असार २५ गतेदेखि १५ दिनका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा समय तालिका लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

प्रशासनले जारी गरेको सूचना अनुसार, पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडकहरू (विरेठाँटी-घान्द्रुक, विरेठाँटी-उल्लेरी र लुम्ले-लान्द्रुक) मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ।

त्यसैगरी, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले पनि बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न सक्नेछन् भने साँझ ४:३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने नियम बनाइएको छ। प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरुपमा रोक लगाएको छ। यो व्यवस्थाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति स्थानीय प्रशासनले क्षमा मागेको छ र सबैलाई यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०१:४५
हजुरको प्रतिक्रिया