२०८३ साउन २१ गते बिहीबार

त्रिविको उपकुलपतिमा प्राडा दिपक अर्याल नियुक्त

त्रिविको उपकुलपतिमा प्राडा दिपक अर्याल नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०१:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.दीपक अर्याललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान...

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.दीपक अर्याललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त संयोजकत्वको सिफारिस समितिले उपकुलपतिका लागि निमित्त उपकुलपति खड्ग केसी, प्राध्यापक दीपक अर्याल र प्राध्यापक विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

उपकुलपति प्राडा केशरजंग बरालले १५ चैतमा प्रधानमन्त्री कार्यालयमै पुगेर राजीनामापत्र बुझाएका थिए। त्यसयता त्रिवि उपकुलपतिविहीन बनेको थियो। नवनियुक्त उपकुलपति अर्याल जलवायु विज्ञानका प्राध्यापक तथा उक्त विभागका पूर्व प्रमुखसमेत हुन्।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०१:५१
हजुरको प्रतिक्रिया