२०८३ साउन २१ गते बिहीबार

१६ वर्षपछि पक्राउ परे मानव बेचबिखनका आरोपी

१६ वर्षपछि पक्राउ परे मानव बेचबिखनका आरोपी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २६ गते बिहीबार ०९:१८

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ गरिएको छ । काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३०...

काठमाडौं ।

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ गरिएको छ ।

काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (परिवर्तित नाम) लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ ।
पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको हो ।

तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०९:१८
हजुरको प्रतिक्रिया