२०८३ साउन २१ गते बिहीबार

रुसमाथि नयाँ प्रतिवन्ध लगाउने ट्रम्पको संकेत

रुसमाथि नयाँ प्रतिवन्ध लगाउने ट्रम्पको संकेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २६ गते बिहीबार ०९:३४

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् । युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उनको भनाइ छ । ट्रम्पले...

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् ।

युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उनको भनाइ छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

रुसमा व्यापक प्रतिबन्ध लगाउने द्विदलीय सिनेट विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिरहेका छन् ।

प्रकाशित मिति २०८२ असार २६ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया