२०८३ साउन २१ गते बिहीबार

बुधबार भेटिए हालसम्मकै धेरै संक्रमित

बुधबार भेटिए हालसम्मकै धेरै संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ ३१ गते बुधबार ०६:१८

पोखरा । नेपालमा थप १ हजार ५ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५...

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि, ८ काे मृत्यु

पोखरा । नेपालमा थप १ हजार ५ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।नेपालमा यो अहिलेसम्म कै उच्च संक्रमित दर हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३ सय २७ पुगेको छ । यो अवधीमा थप १० हजार ४ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा १६ हजार २ सय ४२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै नेपालमा कोरोनामुक्त भएर पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ४१ हजार ७ सय ६ जना पुगेको छ । नेपालमा थप ८ जनाको कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ७९ पुगेको छ ।

प्रकाशित मिति २०७७ भदौ ३१ गते बुधबार ०६:१८
हजुरको प्रतिक्रिया