२०८३ कात्तिक ११ गते मंगलबार

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २८ गते शनिबार ११:४०

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको...

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरेका छन् । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा क्यानडाबाट फेन्टानिलको प्रवाहका साथै कथित रूपमा अनुचित व्यापार अभ्यासहरूको कारणले भएका बताइएको छ ।

यदि क्यानडाले फेन्टानिलको प्रवाह रोक्न संयुक्त राज्य अमेरिकासँग सहकार्य गरे शुल्कमा समायोजन गर्ने बताए ।

प्रकाशित मिति २०८२ असार २८ गते शनिबार ११:४०
हजुरको प्रतिक्रिया