२०८३ साउन २१ गते बिहीबार

कास्कीकी १७ वर्षीया कोपिलाको हत्यारा सार्वजनिक

कास्कीकी १७ वर्षीया कोपिलाको हत्यारा सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ७ गते सोमबार ०६:४२

पाेखरा । कास्की मादीकी १७ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। मादी गाउँपालिका वडा -९ सिप्लिवेशी स्थायी घर भइ सोही पालिकाको मकैखोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी...

पाेखरा । कास्की मादीकी १७ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

मादी गाउँपालिका वडा -९ सिप्लिवेशी स्थायी घर भइ सोही पालिकाको मकैखोला स्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारको हत्या गरेको १४ महिनापछि प्रहरीले दोषीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वडा नं- ६ चालिसे बस्ने ४५ वर्षीय राम बहादुर थापा (मोटे) भनेर चिनिने खड्क बहादुर खवास रहेका छन् । उनलाई आइतबार पुतलीबजार नगरपालिका -४ स्थित शिव मन्दिरचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

गत असार १५ गतेदेखि हराएकी कोपिलाको १० दिनपछि अर्थात असार २५ गते सोही पालिका वडा नं -११ मुखियाको सेर स्थित पातिघरमा अर्ध नग्न र सडेर किरा परेको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीका अनुसार उनको मानसिक अवस्था कमजोर थियो। उनलाई खवासले लामो समयदेखि यौन सम्पर्क गर्दै आएको देखिएको पनि प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दियो।

घटनाको लामो र सुक्ष्म अनुसन्धान पश्चात झन्डै १४ महिनापछि अपराधीलाई पक्राउ गर्न सफल भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

हाल पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए।

प्रकाशित मिति २०७८ भदौ ७ गते सोमबार ०६:४२
हजुरको प्रतिक्रिया