पोखरा ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की जिल्लाको विस्तारित बैठक पार्टीका नेता एवं क्रियाशील सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
बैठक कास्की जिल्ला अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु दुर्गा गुरुङ, कर्ण गुरुङ, लाल बहादुर विक, गण्डकी प्रदेश संयोजक नेत्र चापागाईं, निवर्तमान केन्द्रीय सदस्य दीपक भण्डारी, सिव बहादुर अधिकारी तथा निवर्तमान प्रदेश सचिव सुनिल पौडेलज्यूहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन विशाल तिमिल्सिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य तिलक तिवारीले प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा संगठन विस्तार, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, जनसंघर्षलाई अझ सशक्त बनाउने रणनीति, तथा आगामी कार्यदिशाबारे गहन छलफल भएको छ ।
जिल्ला संयोजक कृष्ण वहादुर रानाभाट, सहसंयोजक विष्णु प्रसाद शर्मा अर्याल क्षेत्रलाई संयोजन गर्न क्षेत्र न १ मा नारायण सुवेदी , क्षेत्र न २ मा दिपक भण्डारी , क्षेत्र न ३ मा सिव वहादुर अधिकारी रुपा गाउ पालिका कार्यलय, पोखरा महानगर पालिक तिलक तिवारी, मादी गापा अपार अधिकारी, माछापुच्छ्रे आर सि के सि, अन्नपुर्ण चेतनाथ भण्डारी , समाजवादी विद्यार्थी युनियन कास्की संयोजक राजन भन्डारी, गण्डकी युनिर्वसिटी संयोजक र सहसंयोजक सदिक्षा खनाल, सुविना राइको जिम्मेवार तोकिएको छ ।
राजन भण्डारिको पहलमा तिन दर्जन युवा विद्यार्थीलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य टिकाराम पौडेल , दुर्गा गुरुङ, कर्ण गुरुङ, प्रदेश संयोजक नेत्र चापागाई केन्द्रिय सल्लाहकार हस्त कुवर पोखराका संयोजक तीलक तिवारीले खादा गाला टीका लगाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरी हलमा ताली बजाएर स्वागत गरीयो । वैठकले गण्डकी प्रदेशका ११ जिल्लामा यही २०८२– श्रावण ११ गते जिल्ला प्रशाशन कार्यलयमा गरिने धर्ना कार्यक्रम कास्की जिल्लामा पनि गर्ने निर्णय गरीयो ।





