२०८३ साउन २१ गते बिहीबार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०९:३९

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको छ ।

काठमाडौं ।

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटनामा परेको छ ।

काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०९:३९
हजुरको प्रतिक्रिया