२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभाको बैठक आज बस्दै,साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै,साइबर सुरक्षा विधेयक प्रस्तुत हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०९:४४

बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ ।

पोखरा ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने पनि उल्लेख छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०९:४४
हजुरको प्रतिक्रिया