पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्तरीक आम्दानी बढाउन तर्फ गण्डकी सरकार लागि परेको बताएका छन् ।
आन्तरीक आय नबढाउने हो भने चाहेर पनि बजेटको आकार बढाउने अवस्था नरहेको उनले बताएका हुन् ।
संसदीय पत्रकार मञ्च गण्डकीको छैटौँ साधारण सभा तथा चौँथो अधिवेशनको आइतबार पोखरामा उद्धघाटन गदैँ मुख्यमन्त्री पाण्डेले संघ सरकारको मुख ताकेर मात्रै बजेट बनाउदाँ बजेटको आकार बढाउन सक्ने अवस्था नरहको उनको भनाई छ ।
आगामी आर्थिक वर्षका लागि गण्डकी सरकारले चालु आर्थिक वर्षको भन्दा १ अर्ब कम ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
संघ सरकारबाट आउने भनेको बजेट पनि नआउदा प्रदेश सरकारले ठेक्का लगाएका कार्यक्रम समेत प्रभावित भएको मुख्यमन्त्री पाण्डेले सुनाए ।
बजेटको आकार घटाउनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनले बताए ।
पुराना योजनाको भुक्तानीका लागि झण्डै १७ अर्व दायित्व रहेको पाण्डेले जानकारी दिए ।
ग्राउण्ड रियालिटीमा बसेर बजेट बनाउन सकिएन भने आर्थिक अनुशासन कायम गर्न नसकिने देखे पछि बजेटको आकार घटाउनुपर्ने अवस्था आएको उनले स्पष्ट पारे ।
आन्तरिक आम्दानीका क्षेत्रहरु कुन–कुन हुनसक्छ ती क्षेत्रहरुलाई पहिचान गरी आवश्यक कानुन निर्माण गरेर करको दायरामा ल्याइने मुख्यमन्त्री पाण्डेले बताए ।
राजश्व संकलनका लागि अर्थ मन्त्रालय भित्र एउटा छुट्टै कार्यालय स्थापना गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।




