बागलुङ ।
बागलुङ नगरपालिकाका अधिकांश नागरिकले दीगो विकासमा नगरपालिकाले ध्यान दिनु पर्ने बताएका छन् ।
सोमबार बागलुङ नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्दै करोडौँ खर्च गरेर निर्माण भएको बसपार्क पूर्ण रुपमा संचालनमा ल्याउन नसकेको प्रति आक्रोष व्यक्त गरेका छन् ।
उनीहरुले सेवा प्रवाह राम्रो भए पनि विकासमा सहजीकरण नभएको बताए । बजार क्षेत्रको सडक र फुथपात व्यवस्थापनमा नगरपालिका चुकेको नागरिकको गुनासो थियो । कुकुर होस्टेल निर्माणमा समेत नगरपालिका गम्भीर नभएको उनीहरुको आरोप छ ।
कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताए ।
जनताको प्रश्नक र गुनासो लिन वडा तहमै आएको बताए । उनले नागरिकहरुले सकरात्मक हिसाबले सोच्दै पालिकालाई सुझाव दिन आग्रह गरे ।
जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने श्रेष्ठले बताए । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उ
नले कर्मचारी र जनप्रतिनिधिले कार्यसम्पादनलाई बढाउदै लगेको बताए ।
प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०८:००




