पोखरा ।
सहारा क्लब पोखरा र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गाे तथा कुरियरबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता पत्र भएको छ ।
क्लबको कार्यालयमा सोमबार क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेसका तर्फबाट तुलसी उप्रेतीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
क्लबले सञ्चालन गरेको ’सूर्य बहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’मा रहेका बालबालिकाको शैक्षिक र खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्य रहेको उप्रतीले जानकारी दिए ।
सम्झौताको म्याद १ वर्ष सम्म रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा अवधि थप गर्न सकिने उनले बताए । सम्झौता अनुसार एजी एक्सप्रेले वार्षिक रूपमा सहयोगस्वरूप ग्लोबल सेलको प्रत्यक किलो सामानमा ५ रुपैयाँका दरले रकम प्रदान गर्नेछ ।
एजी एक्सप्रेको सेवा प्रयोग गर्दा सहारा क्लब र यसका अन्तर्राष्ट्रिय शाखाका सदस्यहरुले १० प्रतिशत छुट पाउनेछन् । अध्यक्ष बरालले एकेडेमीमा रहेका बालबालिकाको सहयोगका निम्ति निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।
सम्झौताले बालबालिकाको शिक्षा र खेदकुद दुबै क्षेत्रमा टेवा पुग्ने उनको भनाइ छ । सम्झौतामा सहारा क्लबका सिनियर उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ र एजी एक्सप्रेसका पोखरा प्रतिनिधि रजत आचार्यले साक्षीका रूपमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०८:०४




