२०८३ कात्तिक ११ गते मंगलबार

त्रिशूली नदीमा मिनी ट्रक खस्यो, दुईजना घाइते

त्रिशूली नदीमा मिनी ट्रक खस्यो, दुईजना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०८:३३

भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।

पोखरा ।

चितवनस्थित नारायणगढ–मुग्लिन सडकको सिमलतालमा एउटा मिनी ट्रक त्रिशूली नदीमा खसेको छ ।

मंगलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट भारतीय मिनी ट्रक भारतीय त्रिसुलीमा खस्दा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह रहेका छन् ।

घाइतेहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो ।

 

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०८:३३
हजुरको प्रतिक्रिया