२०८३ कात्तिक ११ गते मंगलबार

गाडीको ठक्करबाट पाेखरा बिराैटाका कृष्ण देवकाेटाकाे निधन

गाडीको ठक्करबाट पाेखरा बिराैटाका कृष्ण देवकाेटाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ८ गते मंगलबार ०६:०६

पाेखरा । पोखरामा सडक दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ । पोखराको नागढुंगामा ग १ य ११७१ नम्बरको गाडीले ग २० प ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालक पोखरा–१७ विरौटा निवासी २९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको...

पाेखरा । पोखरामा सडक दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ ।

पोखराको नागढुंगामा ग १ य ११७१ नम्बरको गाडीले ग २० प ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालक पोखरा–१७ विरौटा निवासी २९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो ।

सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ ८ गते मंगलबार ०६:०६
हजुरको प्रतिक्रिया