२०८३ साउन २१ गते बिहीबार

लेखनाथ उद्याेग बाणिज्य संघकाे अध्यक्षमा छत्रधर आत्रेय निर्विराेध

लेखनाथ उद्याेग बाणिज्य संघकाे अध्यक्षमा छत्रधर आत्रेय निर्विराेध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ८ गते मंगलबार ०६:२०

पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उमेद्वारी परेपछि उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।  तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उमेद्वारी परेको हो । संघको अन्य पदमा भने निर्वाचन...

अन्य पदकाे टुङ्गाे भने निर्वाचनपछि मात्रै

पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उमेद्वारी परेपछि उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।  तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उमेद्वारी परेको हो ।

संघको अन्य पदमा भने निर्वाचन हुने भएको छ । अन्य पदमा बहु उमेद्वारी परेकाले चुनाव हुने भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीले उमेद्वारी दर्ता गरेका छन् ।

त्यस्तै संघको प्रथम उपाध्यक्षका लागि राजेन्द्र ओझा र पुर्व द्वितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले उमेद्वारी हालेका छन् । त्यस्तै, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपिचन्द्र बास्तोलाले उमेद्वारी दर्ता गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी (राजु) र कार्यसमिति सदस्य मेनुका श्रेष्ठले उमेद्वारी हालेका छन् । उपमहासचिवमा वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका पराजुली र कार्य समिती सदस्य धिरजकुमार श्रेष्ठले उमेद्वारी दर्ता गरेका छन् ।

संघको कोषाध्यक्षमा ४ जनाले उमेद्वारी दिएका छन् । कोषाध्यक्षमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काईंला’, भरत ओझा र दिल कुमारी दाहाल ‘सन्ध्या’ले उमेद्वारी हालेका हुन् ।

संघको आठ खुल्ला सदस्य, दुई महिला सदस्य, एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरि १२ पदका लागि ३० जनाको उमेद्वारी परेको छ ।

संघको ८ खुल्ला सदस्यका लागि २१ जनाले उमेद्वारी दिएका छन् । खुल्ला सदस्यका लागि लागि टिकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि बस्ताकोटी, माधव तिवारी, ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी, पुष्पमणी भण्डारी, ध्रुबबावु भटराई, खेमराज बराल, जिवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्णबहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्रबहादुर थापा, बिरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धीप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगानाले उमेद्वारी हालेका हुन् ।

यसैगरी दुई महिला सदस्यका लागि ५ जनाले उमेद्वारी हालेका छन् । महिला सदस्यका लागि गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्तिकुमारी खनाल, बुद्धीकुमारी मगर र रञ्जना बरालले उमेद्वारी दर्ता गरेका हुन् ।

एक संस्थागत सदस्यको लागि राम बहादुर गुरुङ र महेश्वर आचार्यले उम्मेदवारी दिएका छन् भने एक एशोसियट सदस्यको लागी विरेन्द्र बानिया र मेघराज पौडेलले उमेद्वारी दर्ता गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघमा १ हजार ७ सय ५१ व्यबसायी आबद्ध छन् ।

प्रकाशित मिति २०७८ भदौ ८ गते मंगलबार ०६:२०
हजुरको प्रतिक्रिया