२०८३ साउन २१ गते बिहीबार

मनसुनजन्य विपद्बाट ३ हप्तामा पाकिस्तानमा १ सय २४ जनाको मृत्यु

मनसुनजन्य विपद्बाट ३ हप्तामा पाकिस्तानमा १ सय २४ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार ०९:४१

आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ ।
जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ ।

एजेन्सी\सिन्ह्वा ।

मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार यो अवधिमा २ सय ६४ जना घाइते भएका छन् ।

आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ ।

जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ ।

पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा ४९ जनाको मृत्यु हुनुका साथै १ सय ५८ जना घाइते भएका छन् ।

त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ३८ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।

त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा २० जनाको मृत्यु र ४० जना घाइते भएको रिपोर्ट गरिएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १६ जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित कश्मीरमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रिपोर्ट गरिएको छ ।

पाकिस्तानमा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म भारी मनसुनी वर्षा हुन्छ ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:४१
हजुरको प्रतिक्रिया