२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय डेंगी सचेतना अभियान आजदेखि शुरू

राष्ट्रिय डेंगी सचेतना अभियान आजदेखि शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार १०:०६

यस वर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।
सरकारले सन् २०३० सम्ममा डेंगी संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।

पोखरा ।

आजदेखि साउन महिनाभर राष्ट्रिय डेंगी सचेतना अभियान शुरू भएको छ ।

लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना बढाउने लक्ष्यसहित सरकारले साउन महिनाभर अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो ।

सोही घोषणाअनुरुप सरकारले आजदेखि एक महिने राष्ट्रिय डेंगी सचेतना अभियान शुरू गरेको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सञ्चालन हुनेछ ।

जसमा ‘हरेक शुक्रवार सफा शुक्रवार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ भन्ने सन्देशसहित समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन हुनेछ ।

यसैगरी हरेक वडामा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथामबारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष हुम्ला, डोल्पा, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

सरकारले सन् २०३० सम्ममा डेंगी संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।

तर यसअघि कम संक्रमण देखिने काठमाण्डौ उपत्यकासहित पहाडी र उच्च पहाडी क्षेत्रमा समेत डेंगी फैलिरहेकोले नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार १०:०६
हजुरको प्रतिक्रिया