२०८३ साउन २१ गते बिहीबार

भोकमरी र नाकाबन्दीकाबीच जीवनका लागि संघर्ष गर्दै गाजाका माझीहरु

भोकमरी र नाकाबन्दीकाबीच जीवनका लागि संघर्ष गर्दै गाजाका माझीहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार १०:४१

गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिवन्धहरूका बीचमा स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गर्छन् ।

एजेन्सी\सिन्ह्वा ।

प्यालेस्टिनी माझी सलीम अबु रायलाले गाजाको तटवर्ती क्षेत्रमा माछा मार्ने काममा तीन दशकभन्दा बढी समय बिताए ।

उनी गाजा शहरको पश्चिममा अवस्थित अल–शाती शरणार्थी शिविरका शरणार्थी हुन् ।

अक्टोबर २०२३ मा गाजापट्टी विरुद्ध इजरायली युद्ध शुरु भएदेखि समुन्द्र खतरा, निराशाको ठाउँमा परिणत भएको छ ।

गाजाको माछा मार्ने पहुँचमा कडा इजरायली प्रतिवन्धहरूका बीचमा स्थानीय माझीहरूले गोलीबारी, उत्पीडन र गिरफ्तारीको निरन्तर धम्की सामना गर्छन् ।

माछा मार्ने कामले अब मृत्यु र रगत मात्र ल्याउने माझी सलीम अबु रायला जस्तै अरु माझीहरुको क्रन्दन छ ।

आफूहरुको लागि यो नै जीविकोपार्जन रहेकाले त्यसलाई त्याग्न नसक्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार १०:४१
हजुरको प्रतिक्रिया