पोखरा ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) अन्तर्गत मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदका लागि आर्यन न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन ।
सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै उम्मेदवार न्यौपानेले, सबैबाट पाएको हौसला तथा प्रोत्साहनको कारण नै मेरिल्याण्ड च्याप्टर अध्यक्षमा उमेदवारी दिएको बताएका छन ।
कार्यमा विस्वास गर्ने स्वभावका कारणपनि आगामि दिनमा एनआरएनए, अमेरिका मेरिल्याण्ड च्याप्टरलाई अझै सशक्त बनाउने उनले बताएका छन् । एनआरएनएमा सबैलाई समेटेर लैजाने र राज्यमा नेपालीको पहिचान र सवाललाई उठाउने न्यौपानेले जनाएका छन ।
पछिल्ला पाँच वर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका आर्यन न्यौपाने, पेशाले एक आईटी इन्जिनियर हुन् । प्राविधिक दक्षता भएका आर्यन ,सामाजिक उत्तरदायित्वप्रति उतिकै समर्पित छन् ।
न्यौपाने, विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक संस्थाहरूसँग जोडिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
न्यौपानेले Heiffer International Youth, Red Cross, र पोखरा JCI जस्ता प्रतिष्ठित संस्थाहरूमा संलग्न भई कार्यानुभव हासिल गरिसकेका छन् ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०७:०२




