२०८३ साउन २१ गते बिहीबार

पाेखरामा छतबाट खसेर एकजनाकाे मृत्यु

पाेखरामा छतबाट खसेर एकजनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ९ गते बुधबार ०१:००

पाेखरा । गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान अन्दाजी १०: ५० बजेको समयमा पोखरा महानगरपालिका -१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतमा रहेको टिन मर्मत गर्ने...

पाेखरा । गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान अन्दाजी १०: ५० बजेको समयमा पोखरा महानगरपालिका -१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वार्टरको छतमा रहेको टिन मर्मत गर्ने क्रममा खस्दा सोही स्कुलको मर्मत शाखामा कार्यरत लामाचौर निवासी अन्दाजी ४० वर्षीय शंकर थापाको मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार छतबाट खसे लगत्तै थापालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको जनाकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०१:००
हजुरको प्रतिक्रिया