२०८३ साउन २१ गते बिहीबार

अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह

अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०१:०७

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवसरको सदुपयोग गरेर भविष्य बनाउन विद्यार्थीसँग आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा गुह्वेश्वरी बालशिक्षा माध्यामिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई...

काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवसरको सदुपयोग गरेर भविष्य बनाउन विद्यार्थीसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा गुह्वेश्वरी बालशिक्षा माध्यामिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

उनले जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि विद्यार्थीले आफ्नो भविष्य आफैँ बनाउने बताए ।

भविष्य राम्रो बनाउन अहिले मेहनत गरेर काम अध्ययन गर्नुपर्ने बताए । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘तपाईंहरु जस्तोसुकै पारिवारिक पृष्ठभूमिबाट आएपनि तपाईंहरुको भविष्य तपाईंहरुकै हातमा छ । भविष्यलाई राम्रो गर्न अहिले आएको अवसरको सदुपयोग गर्नुपर्छ । कोही व्यक्ति बिना मेहनत कहीँ पुग्दै पुग्दैन । तपाईंहरुले पाएको अवसरको गाह्रो भएपनि मेहनत गर्न छोड्नु हुँदैन । मेहनत गर्नुस्, परिश्रम गर्नुस्, बुझेर पढ्ने बानी बसाल्नुस् । इक्षा गर्नुपर्छ तर त्यसका लागि मेहनत गर्नुपर्छ । शिक्षाले नै मानिसलाई समाजमा चिनाउन महत्वपूर्ण योगदान दिन्छ ।’

आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने काममा अभिभावकहरुको भुमिका पनि महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०१:०७
हजुरको प्रतिक्रिया