२०८३ साउन २३ गते शनिबार

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार १०:१२

विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो ।
घटनामा विभागका तीन सदस्यको मृत्यु भएको छ ।

एजेन्सी\सिन्ह्वा ।

दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रबार भएको विस्फोटमा तीन जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो ।

घटनामा विभागका तीन सदस्यको मृत्यु भएको छ ।

स्थानीय मिडियाका अनुसार बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्र शेरिफ विभागको विशेष प्रवर्तन एकाइहरू र बम स्क्वाडको घर हो ।

यो घटना दक्षिणी क्यालिफोर्नियामा लगभग ४० वर्षमा सबैभन्दा घातक कानून प्रवर्तन–सम्बन्धित विस्फोट हो ।

विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार १०:१२
हजुरको प्रतिक्रिया