२०८३ साउन २१ गते बिहीबार

ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी

ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार ११:३३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पत्ता लागेको छ । उनको तल्लो खुट्टामा सुन्निएपछि परीक्षण गरिएको थियो । उनलाई नसाको समस्या भएको पत्ता लागेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन...

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पत्ता लागेको छ ।

उनको तल्लो खुट्टामा सुन्निएपछि परीक्षण गरिएको थियो । उनलाई नसाको समस्या भएको पत्ता लागेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको खुट्टामा गरिएको अल्ट्रासाउण्ड परीक्षणले ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा प्रायः पाइने दीर्घकालीन भेनस इन्सफिसिएन्सी भएको पत्ता लगाएको जानकारी गराएकी थिइन् ।

७९ वर्षीय ट्रम्पको हालै न्यु जर्सीको पूर्वी रदरफोर्डमा फिफा क्लव विश्वकप २०२५ को फाइनलमा फोटो खिचिएको थियो । जहाँ उनको गोलीगाँठो वरिपरि देखिने सुन्निने समस्याले उनको स्वास्थ्यको बारेमा सार्वजनिक अनुमानहरू जगाएको थियो ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ११:३३
हजुरको प्रतिक्रिया