२०८३ साउन २१ गते बिहीबार

टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति

टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार ०९:१७

एजेन्सी । टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताएका छन् । प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष...

एजेन्सी ।

टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताएका छन् ।

प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष प्रदर्शनीमा जनताको लागि अनावरण गरिने बताइएको छ । १९६० को दशकमा दक्षिणपश्चिमी टर्किएको प्राचीन शहर बोबोनबाट लुटिएको यो मूर्ति दशकौंदेखि संयुक्त राज्य अमेरिकामा प्रदर्शनमा थियो । न्यूयोर्क म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालय र अमेरिकी गृह सुरक्षा विभागसँगको सहकार्यमा यो पुनप्र्राप्ति गरिएको थियो । यो फिर्ता टर्कीको सांस्कृतिक सम्पदा पुनः प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्सा हो ।

विगत सात वर्षमा ८ हजार ९ सय ६७ ऐतिहासिक कलाकृतिहरू स्वदेश फिर्ता गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०९:१७
हजुरको प्रतिक्रिया