२०८३ साउन २१ गते बिहीबार

गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए

गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार १०:५०

एजेन्सी । दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह...

एजेन्सी ।

दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ । मध्य गाजा शहरको अल–दराज छिमेकमा विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको स्थानमा इजरायली हवाई आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

इजरायली सेनाले दुवै घटनामा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार १०:५०
हजुरको प्रतिक्रिया