२०८३ साउन २१ गते बिहीबार

पोखरामा काहुँखोलाको बाँध भत्कियो, २ घरमा क्षति

पोखरामा काहुँखोलाको बाँध भत्कियो, २ घरमा क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ५ गते आइतबार ०२:२५

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१३ काहुखोलामा नहरको बाँध भत्किएको छ । अविरल बर्षापछि नहरमा पानीको वहाब बढ्दा बाँध भत्किएको हो । बाँध भत्कदा दुई घरमा क्षति पुगेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार दिपा लामा...

पोखरा ।

कास्कीको पोखरा महानगरपालिका–१३ काहुखोलामा नहरको बाँध भत्किएको छ ।

अविरल बर्षापछि नहरमा पानीको वहाब बढ्दा बाँध भत्किएको हो । बाँध भत्कदा दुई घरमा क्षति पुगेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

उनका अनुसार दिपा लामा र रामचन्द्र बरालको घरमा क्षति भएको हो ।

‘मानवीय क्षति भएको छैन’, बरालले भने । बाँध भत्केर केही बेर स्थिती तनावग्रस्त भएको थियो । अहिले नहरको धार पूरानै अवस्थामा फर्काइएको बरालको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार काहुँखोलाका दुवै घर बस्नलाई जोखिमपूर्ण भएका छन् ।

यस्तै पोखराकै भलाममा पनि सूर्यप्रसाद बास्तोलको घर पनि पहिरोले भत्काएको छ । मानविय क्षति भने भएको छैन ।

प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०२:२५
हजुरको प्रतिक्रिया