२०८३ साउन २१ गते बिहीबार

झाभुरा जोगाउन जुटे मगर समुदाय

झाभुरा जोगाउन जुटे मगर समुदाय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ०६:०७

गीतले भन्छः
मकनपुरको उकालो धाको छु

तनहुँ ।

मगर समुदायमा प्रचलित झाभुरा (झाम्रे) भाका जोगाउने पहल थालिएको छ । पछिल्लो समय रोधी बस्ने प्रचलनसँगै लोप भएको झाम्रे भाका जोगाउन पहल थालिएको हो ।

मगर समुदायकी अगुवा कृष्णकुमारी मगरको नेतृत्वमा झाम्रे संरक्षण गर्न म्युजिक भिडियो तयार पारिएको छ । तनहुँको शुक्लागण्डकी पेरीफेरीमा प्रचलित रहेको भाकालाई टिपेर ‘भेट भो साली नम्बरी सुन जस्तो’ बोलको गीतसँगै म्युजिक भिडियो तयार पारिएको हो ।

कृष्णकुमारीको शब्द सिर्जनामा तयार पारिएको गीतमा देउबहादुर थापा मगर र कमला थापा मगरको स्वर रहेको छ । लयसँगै एरेन्ज, रेकर्डिङ, मिक्सिङ दिवस थापा मगरले गरेका हुन् । लय संकलन हर्क आले मगरको हो ।

अशोक आले मगरको निर्देशनमा तयार भएको भिडियो केशव आले मगरले खिचेका हुन् ।

समिर राना मगर, तानिसा थापा मगर, डिलबहादुर थापा मगर, चन्द्रकला राना मगरको अभिनय छ । तनहुँको पर्यटकीय गाउँ शुक्लागण्डकी नगरपालिका–२ दगाममा भिडियो छायांकन गरिएको हो ।

गीतले भन्छः
मकनपुरको उकालो धाको छु
साली भेट्न दगाम गाउँ आको छु ।।।।।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०६:०७
हजुरको प्रतिक्रिया