एजेन्सी\सिन्ह्वा ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ ।
उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।
पश्चिमी राज्य राजस्थानका धेरै भागहरूमा शनिबार भारी वर्षा भएपछि सामान्य जीवन अस्तव्यस्त भएको छ ।
त्यस्तै अजमेर, पुष्कर, बुन्दी, सवाई माधोपुर र पाली लगायत धेरै शहरहरूबाट बाढी जस्तो अवस्थाको रिपोर्ट आएको छ ।
अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ ।
बुन्दी जिल्लाको नैनवा क्षेत्रमा सबैभन्दा बढी २३४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
यसैबीच भारत मौसम विज्ञान विभागले आगामी केही दिन उत्तरी पहाडी राज्यहरू उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ ।
प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार १०:०४