२०८३ कात्तिक ११ गते मंगलबार

एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार १०:०८

शनिबार मात्रै कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका छन् ।
यी मध्ये ८१ परिवार पाकिस्तानबाट र बाँकी १ हजार ४ सय ९५ परिवार इरानबाट फर्किएका छन् ।

एजेन्सी सिन्ह्वा ।

इरान र पाकिस्तानबाट १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् ।

गत शनिबार एकै दिनमा छिमेकी इरान र पाकिस्तानबाट सो संख्यामा अफगान शरणार्थीहरु आफ्नो भूमिमा फर्किएका हुन् ।

शनिबार मात्रै कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका छन् ।

यी मध्ये ८१ परिवार पाकिस्तानबाट र बाँकी १ हजार ४ सय ९५ परिवार इरानबाट फर्किएका छन् ।

आयोजक देशहरूले कागजात नभएका आप्रवासीहरूलाई छोड्न आग्रह गरेपछि विगत केही महिनामा अफगान शरणार्थीहरूको फिर्तीले गति लिएको छ ।

गत वर्ष १३ लाखभन्दा बढी अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका थिए ।

जुन महिनामा मात्र लगभग ६ लाख अफगानी शरणार्थीहरू इरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार १०:०८
हजुरको प्रतिक्रिया