२०८३ साउन २१ गते बिहीबार

विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०३:०१

काठमाडौ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१५...

काठमाडौ ।

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौं–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी आचार्यले बताए।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०३:०१
हजुरको प्रतिक्रिया