२०८३ साउन २१ गते बिहीबार

सीतापाइलाबाट यौनवद्र्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद

सीतापाइलाबाट यौनवद्र्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०७:४२

औषधिको आधिकारिकता पुष्टि नगरी कुनै औषधि खरिद–विक्री नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

काठमाडौं ।

औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्नेमाथि निगरानी बढाएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन राखेर राजधानीका विभिन्न ठाउँबाट अवैध रुपमा औषधि उत्पादन तथा विक्री वितरण कारबाही गर्न विभागले सक्रियता बढाएको हो । सोही क्रममा बालाजु र सितापाइलामा अवैध औषधि उत्पादन तथा विक्री वितरण भइरहेको भेटिएको छ । विभागले औषधि उत्पादनमा प्रयोग भएका सामग्री र औषधिजन्य अन्य सामान जफत समेत गरेको छ ।

विभागका औषधी व्यवस्थापक किरण बज्राचार्यका अनुसार दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा विभागले पछिल्लो १०–१५ दिनदेखि लोकेसन ट्रयाक गर्दै गर्दै कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताए ।

उनले भने, ‘दर्ता नभएको तथा अनलाइनको माध्यमबाट नक्कली औषधीहरु विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा विगत १०, १५ दिनदेखि लोकेसन ट्र्यास गरिरहेका थियौं । यही क्रममा हामीले एकहप्ता अगाडि बालाजुको एउटा नक्कली औषधि बनाउने ठाउँमा सिज पनि गरेका थियौं । त्यसको अरु गिरोह खोज्दा सीतापाइलामा यौन बढाउने तथा जाँड रक्सी छुटाउने औषधि भनेर नक्कली औषधि उत्पादन तथा विक्री वितरण भइरहेको ठाउँमा पुगेका छौं । सञ्चालक फरार रहेका छन् । अरु सबै औषधीजन्य समानहरु हामीले जफत गर्छौं । औषधिको आधिकारिकता बुझेर मात्र किनबेच गर्नै आग्रह गर्दछौं ।’

औषधिको आधिकारिकता पुष्टि नगरी कुनै औषधि खरिद–विक्री नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०७:४२

हजुरको प्रतिक्रिया