२०८३ साउन २१ गते बिहीबार

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रगति सार्वजनिक

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्रगति सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ०७:४१

कार्यालयबाट प्रयोग गर्न अयोग्य १० लाख १० हजार २९३ रुपैयाँ बराबरको खाद्य पदार्थ नष्ट गरिएको उल्लेख गरे ।

पोखरा ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति सार्वजनिक गरेको छ ।

खाद्य प्रविधिले बुधबार कार्यालयमा चौथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यालय प्रमुख नवराज दाहालले एक वर्षमा कार्यालयबाट २ हजार ५५१ वटा नमुना संकलन गरिएको बताए ।

जसमध्ये ६.४ प्रतिशत अर्थात १६३ प्रतिशत प्रतिकुल देखिएको उनको भनाइ छ । सबैभन्दा धेरै खाद्यान्न र दलहनका ४५ नमुना प्रतिकुल भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

एक वर्षमा कार्यालयबाट ४९६ पटक अनुगमन गरिएको दाहालले बताए । उक्त अनुगमनमा ४ लाख ३ हजार ५४२ बराबरको जफत नष्ट गरिएको दाहालको भनाइ छ । कार्यालयले एक वर्षमा २० लाख ८१ हजार ८८० रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ र बागलुङले पनि वार्षिक प्रगति प्रस्तुत गरेका थिए । वार्षिक प्रगति प्रस्तुत गर्दै तनहुँका प्रमुख ज्योति आचार्यले एक वर्षमा १७ मुद्धा दायर गरिएको र १३ मुद्दा व्यवस्थापन गरिएको बताए ।

उनले कार्यालयबाट प्रयोग गर्न अयोग्य १० लाख १० हजार २९३ रुपैयाँ बराबरको खाद्य पदार्थ नष्ट गरिएको उल्लेख गरे ।

बागलुङ निमित्त कार्यालय प्रमुख प्रेम अर्यालले कार्यालयको क्षेत्र बागलुङ र म्याग्दीमा एक वर्षमा ५५६ वटा अनुगमन तथा निरीक्षण गरिएको जानकारी दिए । त्यसबाट ७८ व्यवसायी कारवाहीमा परेको अर्यालले बताए ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०७:४१

हजुरको प्रतिक्रिया