२०८३ कात्तिक ११ गते मंगलबार

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार ०९:३०

मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १ सय १ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् ।

एजेन्सी\सिन्ह्वा ।

युद्धग्रस्त गाजापट्टीमा पछिल्लो २४ घण्टामा मात्रै भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् ।

मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १ सय १ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् ।

यसैबीच इजरायलका लगभग ९५ प्रतिशत डाक्टरहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै पट्टीमा चिकित्सा उपकरण र आधारभूत मानवीय सहायताको प्रवेशको लागि आह्वान गरेको छ ।

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन् ।  ३० हजार ४ सय ७० जना घाइते भएका छन् ।

जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ ।

घाइतेहरूको संख्या १ लाख ४२ लाख ५ सय ११ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०९:३०
हजुरको प्रतिक्रिया