२०८३ साउन २१ गते बिहीबार

रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार ०३:२९

एजेन्सी । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ। करिब ५० जना सवार एउटा एन्टोनोव एएन(२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त...

एजेन्सी ।

रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ।

करिब ५० जना सवार एउटा एन्टोनोव एएन(२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त भएको छ।

प्रारम्भिक जानकारीअनुसार सबै यात्रुको ज्यान गएको रूसी आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्।

सन् १९७० को दशकको सोभियत युगको झन्डै ५० वर्ष पुरानो उक्त विमानको जलिरहेको मुख्य भाग ९फ्युसेलाज० एक हेलिकप्टरबाट जमिनमा देखिएको थियो र उद्धार टोलीहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका थिए।

सामाजिक सञ्जालमा पोस्ट गरिएको र हेलिकप्टरबाट खिचिएको एक अपुष्ट भिडियोमा विमान बाक्लो जंगल भएको क्षेत्रमा खसेको देखिन्छ।

सन् १९७६ मा बनेको उक्त विमान साइबेरियामा आधारित एङ्गारा एयरलाइन्सले सञ्चालन गरेको थियो।

यो विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डातर्फ जाँदै थियो। चीनसँग सिमाना जोडिएको आमुर क्षेत्रको दुर्गम सहर टिन्डा नजिक पुग्दा रडारबाट विमान बेपेत्ता भएको थियो।

समाचार एजेन्सी सिन्हाले आपतकालीन सेवाका अधिकारीहरूको उद्धरण दिँदै जनाएअनुसार विमानको भग्नावशेष टिन्डाबाट करिब १५ किलोमिटर ९१० माइल० टाढा एउटा पहाडमा भेटिएको हो।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०३:२९
हजुरको प्रतिक्रिया