२०८३ साउन २१ गते बिहीबार

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार १०:५९

एजेन्सी । राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा जारी गरिएको तथ्याङ्क अनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड...

एजेन्सी ।

राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा जारी गरिएको तथ्याङ्क अनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ ।

आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३ सयले वृद्धि भएको छ । जुन २०२४ को तुलनामा ५ लाख ८४ हजार बढी हो । बेरोजगारी २३ लाख ६ हजार १ सयले घटेर २.५५ मिलियन पुगेको छ । यसले राष्ट्रिय बेरोजगारी दर १०.२९ प्रतिशतमा झरेको छ । जुन २००८ को विश्वव्यापी वित्तीय संकट पछिको सबैभन्दा कम स्तर हो । आईएनईका अनुसार स्पेनको जनसंख्या हाल ४ करोड ९० लाख रहेको छ ।

स्पेनको रोजगारी दर लगातार तीन त्रैमासिकमा ०.६ प्रतिशतभन्दा बढीले बढेको छ । स्पेनको कुल गार्हस्थ्य उत्पादन २०२५ मा २.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तुलनात्मक रूपमा, युरोपेली आयोगको वसन्त २०२५ आर्थिक पूर्वानुमानले समग्र युरोपेली संघको लागि १.१ प्रतिशत र युरो क्षेत्रको लागि ०.९ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार १०:५९
हजुरको प्रतिक्रिया