२०८३ साउन २१ गते बिहीबार

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार १२:५२

मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो। अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन्। स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि...

मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो। अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन्।

स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउँछन्। आफ्ना सन्तान तीन हप्तादेखि भोकै रहेको उनले बताए।

एक दिन अघिबाट घरमा आफ्नो छोरी रोइरहेको स्थानीय सलिम अल हातो बताउँछन्। आफूले सबैतिर हात फैलाएर माग्दा समेत खानेकुरा केही नरहेको उनको भनाइ छ।

खान युनिस र गाजा शहर लगायत गाजाका अन्य भागहरूमा पनि यस्तै अवस्था देखा परिरहेको छ। गाजास्थित स्वास्थ्य अधिकारीहरूले मंगलबार रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा चार बालबालिकासहित १५ जनाको भोकमरीका कारण मृत्यु भएको छ।

मार्चदेखि, भोकमरी र कुपोषणले आधिकारिक रूपमा १०१ जनाको ज्यान लिएको छ। जसमध्ये ८० जना बालबालिका छन्।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार १२:५२
हजुरको प्रतिक्रिया