२०८३ साउन २१ गते बिहीबार

भारतमा विद्यालय भवन भत्किँदा ७ बालबालिकाको मृत्यु

भारतमा विद्यालय भवन भत्किँदा ७ बालबालिकाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार १०:३६

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रवार सरकारद्वारा सञ्चालित विद्यालय भवनको भत्किँदा सात बालबालिकाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । राजस्थानको राजधानी जयपुरबाट लगभग ४१२ किलोमिटर...

एजेन्सी ।

भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रवार सरकारद्वारा सञ्चालित विद्यालय भवनको भत्किँदा सात बालबालिकाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट लगभग ४१२ किलोमिटर दक्षिणमा रहेको झालावार जिल्लाको मनोहर थाना क्षेत्रको पिपलोदी सरकारी विद्यालय भवन भत्किएको हो । घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएको छ र केहीलाई झालावारको जिल्ला अस्पतालमा रेफर गरिएको छ । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीका अनुसार विद्यालय शुरु हुँदा एक तल्ले भवनको छाना र पर्खाल भत्किएको थियो ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार १०:३६
हजुरको प्रतिक्रिया