२०८३ साउन २१ गते बिहीबार

गाजाको भोकमरीको विरोधमा यमनमा ¥याली

गाजाको भोकमरीको विरोधमा यमनमा ¥याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १२ गते आइतबार ०९:४५

सहभागीहरूले गाजामा भोकमरी बन्द गर, गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए ।

एजेन्सी\सिन्ह्वा ।

यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् ।

घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

सहभागीहरूले गाजामा भोकमरी बन्द गर, गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए ।

इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता प्रवेश गर्नबाट रोकेको गरेको छ ।

जसले गर्दा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १२२ प्यालेस्टिनीहरू मारिएका छन् ।

प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०९:४५
हजुरको प्रतिक्रिया