२०८३ साउन २१ गते बिहीबार

लाइसेन्स परीक्षा शुरू हुँदै, यस्ता छन् नयाँ मापदण्ड

लाइसेन्स परीक्षा शुरू हुँदै, यस्ता छन् नयाँ मापदण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ११ गते शुक्रबार ०४:५७

पाेखरा । कोभिड लकडाउनका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ। महामारीको जोखिम...

पाेखरा । कोभिड लकडाउनका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ।

महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ।

परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ। तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा सामेल हुन नपाउने विभागको भनाइ छ। परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ। परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, शाैचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न पाइने छैन।

परीक्षार्थीको तापक्रम मापन गरेर प्रवेश गराइने विभागले बताएको छ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०४:५७
हजुरको प्रतिक्रिया