२०८३ कात्तिक ११ गते मंगलबार

व्यापार सम्झौतामा पुगे अमेरिका र युरोपेली संघ

व्यापार सम्झौतामा पुगे अमेरिका र युरोपेली संघ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ०९:४८

यो एउटा ठूलो सम्झौता भएको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बताइन् । यसले स्थिरता ल्याउने उनको विश्वस छ ।
औषधिहरूलाई सम्झौताबाट बहिष्कृत गरिएको थियो ।

एजेन्सी\सिन्ह्वा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरु एक व्यापार सम्झौतामा पुगेको बताएका छन् ।

जसअन्तर्गत संयुक्त राज्य अमेरिकाले युरोपेली संघका सामानहरूमा १५ प्रतिशतको आधारभुत कर लगाउनेछ ।

स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको थियो ।

यो एउटा ठूलो सम्झौता भएको युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बताइन् । यसले स्थिरता ल्याउने उनको विश्वस छ ।

औषधिहरूलाई सम्झौताबाट बहिष्कृत गरिएको थियो ।

जबकि संयुक्त राज्य अमेरिकामा इयु स्टील र आल्मुनियम निर्यातमा अवस्थित ५० प्रतिशत करहरू यथावत रहनेछन् ।

ट्रम्पकाअनुसार सम्झौताले अमेरिकी कारहरूलाई युरोपेली बजारमा पुनः प्रवेश गर्न सक्षम बनाउनेछ ।

अमेरिकी कृषि निर्यातहरूलाई अझ पहुँचयोग्य बनाउनेछ ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ०९:४८
हजुरको प्रतिक्रिया