२०८३ साउन २१ गते बिहीबार

थाइल्याण्ड–कम्बोडिया युद्धविराम गर्न सहमत

थाइल्याण्ड–कम्बोडिया युद्धविराम गर्न सहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार १०:००

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो ।
यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो ।

एजेन्सी\सिन्ह्वा ।

थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् ।

दुई देशका नेताहरू सोमबार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् ।

मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका लागि सहमत भएका हुन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो ।

यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो ।

दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार १०:००
हजुरको प्रतिक्रिया