२०८३ साउन २१ गते बिहीबार

पोखरामा लागू औषधसहित ३ जना पक्राउ

पोखरामा लागू औषधसहित ३ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ११:४२

पोखरा । पोखराको शिशुवा क्षेत्रमा लागू औषधसहित ३ जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार साउन ११ गते साँझ ५स्३० बजेतिर पृथ्वी राजमार्गमा सवारी चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा...

पोखरा ।

पोखराको शिशुवा क्षेत्रमा लागू औषधसहित ३ जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार साउन ११ गते साँझ ५स्३० बजेतिर पृथ्वी राजमार्गमा सवारी चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरातर्फ आइरहेको बसमा चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने ४ ग्राम ३०० मिलिग्राम पदार्थ र तीन थान मोबाइल फेला पारेको थियो।

पक्राउ पर्नेहरूमा तनहुँ म्याग्दे गाउँपालिका–१ का ३८ वर्षीय कमल थापा, धादिङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बसोबास गर्दै आएका ३१ वर्षीय राजन क्षेत्री र मोरङ सुन्दरहरैचा नगरपालिका–६ का ४२ वर्षीय सत्य नारायण चौधरी रहेका छन्।

पक्राउ परेकामाथि कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागू औषधको विरुद्धमा कडाइका साथ निगरानी तथा कारबाही जारी रहनेछ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ११:४२
हजुरको प्रतिक्रिया