२०८३ साउन २१ गते बिहीबार

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०९:५६

अमेरिकी भूगर्भीय सर्वेक्षणले ८.८ म्याग्निच्युडको भूकम्प १९.३ किलोमिटर गहिराइमा आएको र अवाचा खाडीको तटमा रहेको १ लाख ६५ हजार जनसंख्या भएको पेट्रोपाभ्लोभस्क–कामचात्स्की शहरबाट १२६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको बताएको छ ।

एजेन्सी\सिन्ह्वा ।

बुधबार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ ।

केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो ।

कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह गरेका छन् ।

रुसी विज्ञान प्रतिष्ठानको भूभौतिक सेवाको कामचट्का शाखाकाअनुसार यसअघि प्रायद्वीपमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जुन १९५२ पछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ८.८ म्याग्निच्युडको भूकम्प १९.३ किलोमिटर गहिराइमा आएको र अवाचा खाडीको तटमा रहेको १ लाख ६५ हजार जनसंख्या भएको पेट्रोपाभ्लोभस्क–कामचात्स्की शहरबाट १२६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको बताएको छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:५६
हजुरको प्रतिक्रिया