२०८३ साउन २१ गते बिहीबार

मणिपाल अस्पताल बेच्न नमिल्ने (हेर्नुहाेस् सम्झाैता पत्र)

मणिपाल अस्पताल बेच्न नमिल्ने (हेर्नुहाेस् सम्झाैता पत्र)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १२ गते शनिबार ०५:४३

पाेखरा । नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपका विचमा भएकाे सम्झाैताका अनुसार मणिपाल शिक्षण अस्पताल बिक्री गर्न नमिल्ने देखिएकाे छ ।  सरकार र मणिपाल एजुेशन बीच भएको सम्झौता अनुसार दोश्रो पक्षले आफ्नो समयावधी समाप्त...

अवधि पुगेपछि मणिपाल सिधै सरकारकाे

पाेखरा । नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपका विचमा भएकाे सम्झाैताका अनुसार मणिपाल शिक्षण अस्पताल बिक्री गर्न नमिल्ने देखिएकाे छ ।  सरकार र मणिपाल एजुेशन बीच भएको सम्झौता अनुसार दोश्रो पक्षले आफ्नो समयावधी समाप्त भएपछि सिधै सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख हुनुले समयावधी अगावै मणिपाल बेच्नु अबैधानिक ठहरिने देखिएकाे छ।

सम्झौता अनुसार उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दाश्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भुबहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध भौतिक सुविधाहरु अरुलाई हस्तान्तरण गर्न नपाउने गरि यथास्थितिमै प्रथम पक्षलाई नै छोडी जानु पर्नेछ । सो वापत प्रथम पक्षले दोश्रो पक्षलाई कुनैपनि रकम दिनुपर्ने छैन ।’ सम्झौताकाे बुँदा नं ५ मा साे कुरा स्पष्ट लेखिएको छ ।

पोखरास्थित भारतीय लगानीको मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल कलेज खरिद खरिद गर्न लागेपछि सरकारी स्वामित्वकाे जग्गामा निर्मित मणिपाल विक्रि गर्न नहुने र सरकारलाइ हस्तान्तरण गर्नुपर्ने भन्दै चर्काे विराेध भएकाे थियाे । यद्यपी, मणिपाल खरिद प्रकृयामा संलग्न बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले कानुनसम्मत ढंगबाटै मणिपाल खरिद गर्न लागेकाे बताउँदै अाएका थिए ।

हेर्नुहाेस् मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप र नेपाल सरकारका विच भएकाे सम्झाैता

यी सम्झाैतापत्रकाे प्रतिलिपी हामीलाई गन्थन डटकमले उपलव्ध गराएकाे हाे ।

प्रकाशित मिति २०७८ भदौ १२ गते शनिबार ०५:४३
हजुरको प्रतिक्रिया