एजेन्सी\सिन्ह्वा ।
म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले नयाँ संघ सरकार र राज्य सुरक्षा तथा शान्ति आयोग गठन गरेको छ ।
संघ सरकारको नेतृत्व यू न्यो सावले प्रधानमन्त्रीको रूपमा गरिरहेका छन् ।
राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षता वरिष्ठ जनरल मिन आङ ह्लाइङले गरिरहेका छन् ।
रिपोर्टअनुसार एनडिएससीले रक्षा सेवाका कमाण्डर–इन–चीफलाई सार्वभौम शक्ति हस्तान्तरण गर्ने आदेशलाई पनि रद्द गर्ने निर्णय गरेको छ ।
म्यानमारको राज्य प्रशासन परिषद्का प्रवक्ता जाव मिन तुनले एनडिएससीले आम चुनाव गराउन आपतकालीन अवस्था अन्त्य गर्ने निर्णय गरेको बताए ।
फेब्रुअरी २०२१ मा, म्यानमारका तत्कालीन कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एक वर्षको आपतकालीन अवस्था घोषणा गरेका थिए ।
सार्वभौम शक्ति रक्षा सेवाका कमाण्डर–इन–चीफलाई हस्तान्तरण गरे ।
रक्षा सेवाका कमाण्डर–इन–चीफको कार्यालयले पछि राज्य प्रशासन परिषद् गठन गरेको छ ।
जसको अध्यक्ष मिन आङ ह्लाइङ छन् ।
एनडिएससीले यस वर्ष जुलाई ३१ सम्म धेरै पटक ६ महिनाको म्याद थप गरेको छ ।
प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:२८




