२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : गण्डकीमा सनिबार थप १० जनाकाे निधन

काेराेना अपडेट : गण्डकीमा सनिबार थप १० जनाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १२ गते शनिबार ०६:०७

पाेखरा । काेराेना संक्रमणका कारण सनिबार नवलपरासीका ५ र पाेखराका ४ जनासहित गण्डकी प्रदेशमा थप १० जनाले ज्यान गुमाएका छन् । याे सहित प्रदेशमा अहिलेसम्म काेराेनाका कारण १ हजार २८४ जनाले ज्यान गुमाएकाे प्रदेश स्वास्थ्य निर्देशनालय...

३०४ जना संक्रमित थपिए, ४५६ जना निकाे भए

पाेखरा । काेराेना संक्रमणका कारण सनिबार नवलपरासीका ५ र पाेखराका ४ जनासहित गण्डकी प्रदेशमा थप १० जनाले ज्यान गुमाएका छन् । याे सहित प्रदेशमा अहिलेसम्म काेराेनाका कारण १ हजार २८४ जनाले ज्यान गुमाएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ।

सनिबार नवलपरासीका ३ महिला र २ पुरूष, पाेखरा महानगरका विभिन्न वडाका २ पुरूष र २ जना महिला तथा स्याङ्जा पुतलीबजार नगरपालिका ५ की १ जना महिलाकाे निधन भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर थप ३०४ जना संक्रमित भेटिएका छन् । कुल ९५८ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे निर्देशनालयले उल्लेख गरेकाे छ । याे अवधीमा ४५६ जना निकाे भएका छन् ।

सनिबार संक्रमित हुनेहरूमा कास्कीका सर्वाधिक धेरै १८८ जना रहेका छन् । यस्तै, नवलपरासीका ५३ जना, तनहुँका २९ जना, स्याङ्जाका १६ जना, लमजुङका १२ जना र म्याग्दीका ६ जना रहेका छन् ।

प्रदेशभर अहिले ३ हजार ६९८ सक्रीय संक्रमित रहेकाे निर्देशनालयले जनाएकाे छ।

प्रकाशित मिति २०७८ भदौ १२ गते शनिबार ०६:०७
हजुरको प्रतिक्रिया