२०८३ साउन २१ गते बिहीबार

कास्कीको माछापुच्छ्रे गाँउपालिका मा कोदो रापाइँ महोत्सव

कास्कीको माछापुच्छ्रे गाँउपालिका मा कोदो रापाइँ महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०८:१५

माछापुच्छ्रे गाँउपालीकाको लाहाचोक कोदो खेतिको लागि उपयुक्त मानिन्छ ।

पोखरा ।

कास्कीको माछापुच्छ्रे  गाँउपालिका–४ लाहाचोकमा कोदो रापाइँ महोत्सव गरिएको छ ।

गाउँपालिकाले कोदो दिवसको अवसर पारेर महोत्सव आयोजना गरिएको थियो । यो वर्षदेखी हरेक साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन थालिएको छ ।

हराउदै गएको कोदो खेतीलाई प्रवद्र्धन गर्ने र उत्पादन बढाउन सरकारले कोदो दिवस मनाउने निर्णय गरे पछि महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले कोदो रोपाइँ महोत्सवको चाजोपाजो मिलाएको हो । महोत्सवमा कोदोको फाईदा, यसबाट बन्ने परिकार र यसको बजारीकरणबारे स्थानियहरुलाई जानकारी दिइएको थियो ।

माछापुच्छ्रे गाँउपालीकाको लाहाचोक कोदो खेतिको लागि उपयुक्त मानिन्छ । गाँउमा युवा शक्तिको अभाव र उत्पादन लागत समेत उठाउन नसक्ने अवस्था भएपछि कोदो खेती गर्ने किसानको संख्या घट्दो छ । तर सरकारले यो वर्षबाट कोदो दिवस मनाउन थालेको र अभियाननै सञ्चालन गरेकोमा गाँउलेहरु हर्षित भएका छन् ।

कोदो परम्परागत खाद्यान्न बाली मात्र होइन, कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले निकै उपयोगी खाद्यान्न मानिन्छ । रैथाने बाली जोगाई राख्न, यसको फाईदा बारे सबैलाई जानकारी दिन पहिलो पटक महोत्सव आयोजना गरिएको व्यवसायी संजिव बहादुर कोइरालाले बताए ।

नेपालको कोदो मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार, नेपालमा २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदो खेती गरिन्छ र यसबाट ३ लाख ७३२ टन कोदो उत्पादन भएको छ । तर, प्रतिहेक्टर उत्पादन १.३३ मेट्रिक टन मात्रै रहेको छ, जुन निकै कम हो ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०८:१५
हजुरको प्रतिक्रिया